१२ श्रावण २०८३,मंगलवार

ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याउदै : सवारी दुर्घटना

  • २० माघ २०८१,आईतवार Updated
  • / 225 Read

ज्यान गुमाउने ५ नेपालीको शव आज नेपाल ल्याउदै : सवारी दुर्घटना

जनकपुरधाम माघ २० । भारतको मधुवनीमा हिजो (शनिबार) दिउँसो गाडी दुर्घटना हुँदा ज्यान गुमाउने महोत्तरी, धनुषा र सिराहाका पाँचजना नेपालीको शव आज नेपाल ल्याउने तयारी भएको छ । मृतकको शव लिनको लागि आफन्त भारततर्फ प्रस्थान गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए । उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गरेर फर्किंरहेका नेपाली यात्रु सवार बी आर ३२ पी ए ४६६१ नम्बरको गाडी भातरको मुजफ्फपुरस्थित सदरथाना क्षेत्रको मादापुरमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना हुँदा पाँचजना नेपालीको मृत्यु भएको थियो भने दुर्घटनामा अन्य चारजना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ निवासी ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ घर भएका ५० वर्षीया मनतारन देवी र धनुषाको नगराइन नगरपालिका गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छिन् ।  सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीया जगतारण देवी र नातिनी आठ वर्षीया सृष्टि झा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी जैसवालले भने ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page