१२ श्रावण २०८३,मंगलवार

मरणासन्न हुने गरी कुटिए व्यवसायी : जनकपुर

  • २० माघ २०८१,आईतवार Updated
  • / 253 Read

मरणासन्न हुने गरी कुटिए व्यवसायी : जनकपुर

जनकपुरधाम माघ २० । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ । बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ बस्ने १७ वर्षीय विकास कुमार साह लगायतले आक्रमण गरेका थिए । घटनामा फेकु साहका तीन छोरामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यादवमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कवाड संकलन सम्बन्धी टेण्डर फेकु र मुकेशले संयुक्त रुपमा लिएका थिए । सोही विषयमा छलफलका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जागिर दर्जीलाई सँगै लिएर आएका बेला उनीहरुबीच विवाद भएको थियो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मुकेशलाई फेकु र उनका छोराहरुले गालीगलौज पनि गरेका थिए । मुकेशमाथि भएको आक्रमण पनि सोही विषयसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page