Flash News ::
एक महिलाको हत्या : धारिलो हतियार प्रहार गरेर महोत्तरीमा,
Posted By -Rakesh Kumar Raut
- २० माघ २०८१,आईतवार Updated
- / 242 Read
जनकपुरधाम माघ २०। महोत्तरीमा एक महिलाको विभत्स हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं ८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका वडा नं ५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR