तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर : प्रधानाध्यापकसहित
- २० माघ २०८१,आईतवार Updated
- / 218 Read
काठमाडौँ माघ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित उक्त विद्यालयका सहायक गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अख्तियारले आइतबार कण्डेलसहित विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अनुसन्धानको सिलसिलामा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसमेतको मिलोमतोमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि घुस मागेको पुष्टि भएकाले कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR