Flash News ::
राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि,
Posted By -Rakesh Kumar Raut
- २० माघ २०८१,आईतवार Updated
- / 217 Read
काठमाडौँ माघ २०। राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका छन् । आसनग्रहण गरिरहेका अवस्थामा एक्कासी ढल्न खोजेपछि सभाअध्यक्ष नारायणप्रसाद दाहालले सांसद भट्टको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको र चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका स्वास्थ्यकर्मी भीमराज सिंहले जानकारी दिए । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद भट्टलाई उपचारका लागि तत्कालै संसद् भवनस्थित स्वास्थ्य शाखामा पुर्याइएको थियो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR