२३ जेष्ठ २०८३,शनिबार

जिल्ला प्रहरी कार्यालयको ड्युटीमै रहेका असईको मृत्यु ;

  • २५ माघ २०८१,शुक्रबार Updated
  • / 151 Read

जिल्ला प्रहरी कार्यालयको ड्युटीमै रहेका असईको मृत्यु ;

जनकपुर माघ २५ । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ। ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या भएपछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। पछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरे । २३ वर्ष १० महिना आठ दिन प्रहरीमा सेवा गरेका असई चमार सात महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेका थिए। सुगर तथा ब्लडप्रेसर रोगबाट पीडित रहेका असई चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआरसहितको कृत्रिम माध्यमले अक्सिजन पूर्ति गर्ने प्रयास गरे पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले बताए। प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाएको डिएसपी जयसवारले बताए।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page