Flash News ::
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची ;
Posted By -Rakesh Kumar Raut
- २८ माघ २०८१,सोमबार Updated
- / 172 Read
काठमाडौं माघ २८। संघीय संसद्का दुवै सभाको बैठक बस्दैछ । सोमबार एउटा/एउटा विधेयक पारित गर्ने दुवै सभाको सम्भावित कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गर्ने कार्यसूची छ । यो विधेयक पनि पारित हुनु अगाडि सभामा छलफल हुनेछ । अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्ने अर्को कार्यसूची छ । पारित हुनु अगाडि सभामा छलफल हुनेछ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR