११ श्रावण २०८३,सोमबार

एक महिलामाथि खुकुरी प्रहार : अंशबण्डाको विवादले दोलखामा

  • २९ माघ २०८१,मंगलवार Updated
  • / 245 Read

एक महिलामाथि खुकुरी प्रहार : अंशबण्डाको विवादले दोलखामा

काठमाडौं माघ २९। दोलखाको भीमेश्वर नगरपालिकामा सोमबार एकजना महिलामाथि सांघातिक हमला प्रयास भएको छ । पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो ।

तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।

‘पारिवारिक विवादले यो घटना निम्तिएको देखिन्छ । हाम्रोमा उजुरी पनि परेको छ । अब कानुनी प्रक्रियामा जान्छौं’,  अधिकारीले भने, ‘अब आरोपीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं ।’

तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । खुकुरी प्रहार प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार अंशबन्डाका विषयमा पारिवारिक विवाद उत्पन्न भएको हो । उक्त विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुलेको प्रहरीले जनाएको छ।
 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page