११ श्रावण २०८३,सोमबार

मुख्यमन्त्री कार्की : प्रदेशिक आमसञ्चार विधेयक सच्याउँछौं

  • ३० माघ २०८१,बुधबार Updated
  • / 234 Read

मुख्यमन्त्री कार्की : प्रदेशिक आमसञ्चार विधेयक सच्याउँछौं

विराटनगर माघ ३०। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने बताएका छन्।

विराटनगरमा बुधबार प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्‌घाटनमा बोल्‍दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले संघीय सरकारले ल्याएको अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको बताए ।

उनले भने, ‘ सरकार प्रादेशिक सञ्चार विधेयकमा भएको कमजोरी सच्याउन तयार रहन्छ । त्यसका लागि दलहरूसँग विधेयकमाथि पर्याप्त छलफल गर्छौं।’

‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो, उनले भने,’ सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न।’

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page