११ श्रावण २०८३,सोमबार

२७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो : शंखरापुर बस दुर्घटना

  • १ फाल्गुन २०८१,बिहीबार Updated
  • / 227 Read

२७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो : शंखरापुर बस दुर्घटना

काठमाडौं फागुन १ । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको छ ।

अन्य १६ जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते एकको मेडिसिटी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू बनभोज गएर फर्किएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थीहरू काठमाडौंको शंखरापुर र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सिमानामा पर्ने कात्तिके डाँडामा बनभोज कार्यक्रम सकेर फर्किंदै गर्दा बस दुर्घटनामा परेको थियो ।

‘गम्भीर घाइते एक जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ एसपी बोहराले अनलाइनखबरसँग भने, ‘अवस्था गम्भीर भएको चिकित्सकहरूले बताउनुभएको छ ।’

दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको बुधबार साँझ नै मृत्यु भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page