११ श्रावण २०८३,सोमबार

२ जना घाइते : रोल्पामा जिप दुर्घटना

  • १ फाल्गुन २०८१,बिहीबार Updated
  • / 240 Read

२ जना घाइते : रोल्पामा जिप दुर्घटना

काठमाडौं फागुन १ । रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको अधिकारीले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page