२३ जेष्ठ २०८३,शनिबार

गोली लागेको आशंका : रुपन्देहीमा एक युव‍कको हत्या,

  • १७ फाल्गुन २०८१,शनिबार Updated
  • / 218 Read

गोली लागेको आशंका : रुपन्देहीमा एक युव‍कको हत्या,

बुटवल फागुन १७ । रुपन्देहीमा एक युवाको  हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या  भएको प्रारम्भिक  अनुसन्धानबाट खुलेको बताए ।

स्थानीयले घटनास्थलमा बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी  कार्कीले बताए ।

मृतक घरमा एक्लै बस्ने गरेको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page