११ श्रावण २०८३,सोमबार

२ जना मृत फेला : धनगढीको सामुदायिक वनमा

  • १८ फाल्गुन २०८१,आईतवार Updated
  • / 254 Read

२ जना मृत फेला : धनगढीको सामुदायिक वनमा

धनगढी फागुन १८ । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। आइतबार बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन्।

उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन्। डीएसपी बोहराका अनुसार घटनाबारे अनुसन्धान जारी छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार मृत फेला पर्नेमा धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page