११ श्रावण २०८३,सोमबार

स्वास्थ्य क्षेत्रमा पनी दलालीकरण हाबी!,टेण्डर किन रद्द भयो?

  • २२ फाल्गुन २०८१,बिहीबार Updated
  • / 243 Read

स्वास्थ्य क्षेत्रमा पनी दलालीकरण हाबी!,टेण्डर किन रद्द भयो?

स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले आर्थिक वर्ष सम्पन्न हुन साढे चार महिनाको समय नरहद महिनैपिच्छे गरिरहेको कर्मचारी सरुवाले स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको हो । चालु आर्थिक वर्षको आठ महिना बित्नै लाग्दा प्रदेश सरकारले औषधी खरिद गर्न सकेको छैन् । औषध खरिद, स्वास्थ्य औजार, सिटी स्क्यान मेशिन खरिदका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले गरेको २२ वटा टेण्डरमध्ये सात वटा खारेज गरिएको छ ।
गएको मंसिर महिनामा ती सामग्री खरिद गर्न टेण्डर सूचना प्रकाशन गरिएको थियो । टेण्डर प्रक्रिया अगाडि बढाएर छनौटमा परेको आपूर्तीकर्ताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भइरहदा केन्द्रका निर्देशक डा. सुनिल कुशवाहाले रद्द गरेका छन् ।स्रोतको अनुसार काठमाडौंस्थित एकजना ठूला सप्लायरलाई अनुकुल हुनेगरी प्रक्रिया मिलाइदिन पुरानो टेन्डर रद्द गरिएको छ । स्पेसिफिकेशन मिलाएर सेटिङमा खरिद प्रक्रिया पुरा गर्न यस्तो गरिएको आरोप आपुर्ती केन्द्रलाई छ ।

केन्द्रका निर्देशक डा. सुनिल कुशवाहाले भने प्रक्रियामा त्रुटि रहेको बहाना देखाइरहेका छन् । ‘प्रक्रियामै केही त्रुटि थियो र रद्द गर्नु परेको हो’ उनले भने, ‘मलाई सिरहा अस्पतालको पनि जिम्मेवारी भएर व्यस्त छु । आपुर्ती केन्द्रमा आएर थप प्रष्ट गर्नेछु ।’निर्देशक कुशवाहाले मन्त्री सिंहलाई प्रभावमा पारी एमाले नेता समेत रहेका काठमाडौंस्थित सप्लायर सुन्दर भुसाललाई टेन्डर पार्न पुरानो प्रक्रिया रद्द गरेको आपुर्ती केन्द्रकै एक कर्मचारीले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page