११ श्रावण २०८३,सोमबार

३४ जनाको मृत्यु : दक्षिण अमेरिकामा आँधी

  • २ चैत्र २०८१,आईतवार Updated
  • / 286 Read

३४ जनाको मृत्यु : दक्षिण अमेरिकामा आँधी

काठमाडौं चैत ३ । दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ, जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार उक्त खतरनाक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। कैयौं गाडीहरू पल्टिएका छन् र धेरै घरहरू क्षतिग्रस्त भएका छन्।

मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित रहेका अधिकारीहरूले बताएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page