त्रिविमा ४ विद्यार्थी संगठनले मागे निर्वाचन समितिका संयोजकको राजीनामा ;
- २ चैत्र २०८१,आईतवार Updated
- / 209 Read
काठमाडौं चैत ३ । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद न्यौपानेको चार विद्यार्थी संगठनले राजीनामा मागेका छन् ।
निर्वाचन समितिका संयोजक न्यौपानेले उम्मेदवार मनोनयमा अवरोध, प्रशासनिक चलखेल, अन्यायपूर्ण हस्तक्षेप गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । त्रिविस्थित निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी जारी राखेकाले ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।
निर्वाचन समिति पूर्वाग्रही देखिएको विद्यार्थी संगठनले आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले विज्ञप्ति निकालेर निर्वाचन समितिका संयोजकको राजीनामा मागेका हुन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR