१२ श्रावण २०८३,मंगलवार

१ लाख : फोहोर वर्गीकरण गर्न काठमाडौंका प्रत्येक वडालाई

  • ५ बैशाख २०८२,शुक्रबार Updated
  • / 523 Read

१ लाख : फोहोर वर्गीकरण गर्न काठमाडौंका प्रत्येक वडालाई

काठमाडौं वैशाख ५ । काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कुहिने र नकुहिने फोहर वर्गीकरण कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक वडामा १ लाख पठाइएकाले उक्त रकम र तपसिल उल्लेखित शीर्षकमा त्यस वडाको आवश्यकता अनुसार कार्यक्रम निर्माण गरी खर्च गर्नू’ महानगरले वडालाई पठाएको पत्रमा छ ।

महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न खर्च प्रत्येक वडालाई १ लाखका दरले बजेट विनियोजन भएको हो ।

यसअघि महानगरभित्रका १० वटा भित्री सहरी वडामा वातावरण व्यवस्थापन विभागले स्रोतमा नै फोहोर वर्गीकरण (कुहिने/नकुहिने फोहोर) कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page