Flash News ::
८ घर जले ,मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
Posted By -Rakesh Kumar Raut
- ४ चैत्र २०८१,मंगलवार Updated
- / 275 Read
विराटनगर चैत ५ । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ ।
धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।
चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रणकाे प्रयास भइरहेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR