११ श्रावण २०८३,सोमबार

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

  • ६ चैत्र २०८१,बिहीबार Updated
  • / 294 Read

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

काठमाडौँ चैत ७ । बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् ।

सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page