Flash News ::
१४ जना धरौटीमा रिहा , लाइसेन्सको लिखित र ट्रायलका लागि रकम माग्ने
Posted By -Rakesh Kumar Raut
- ६ चैत्र २०८१,बिहीबार Updated
- / 323 Read
काठमाडौँ चैत ७ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिखित र ट्रायल परीक्षा पास गराउने आश्वासनमा रकम मागेको आरोपमा पक्राउ परेका १४ जना धरौटीमा रिहा भएका छन् ।
सो आरोपमा पक्राउ परेका १४ जना १० हजार धरौटीमा रिहा भएका हुन् ।
काठमाडौंको गोकणेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा उनीहरूले विभिन्न आश्वासन देखाएर रकम माग गर्दै हैरानी गरेको प्रहरीले बताएको छ ।
अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यायल, काठमाडौंबाट धरौटी लिइ उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR