दुई गार्ड पक्राउ , परीक्षामा चिट चोराउने
- ७ चैत्र २०८१,शुक्रबार Updated
- / 262 Read
चैत ८। बारामा एसईई परीक्षामा परीक्षार्थीलाई चिट चोराउने दुई निरीक्षक पक्राउ परेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर (५ मा रहेक पन्ना देवी कन्या उच्च माध्यमिक विद्यालयमा मोबाइलबाट परीक्षार्थीलाई चिट चोराउने दुई निरीक्षक पक्राउ परेका हुन् ।
सहायक प्रजिअ भट्टराईको नेतृत्वमा खटिएको टोलिले दुर्गा नमुना माध्यमिक बिधालयका बिद्यार्थी करिश्मा कुमारी र निरीक्षक सौरब यादवको दुईवटा मोबाइल परिक्षा केन्द्रबाट बरामद गरेको छ ।
पन्ना देवी स्कुलको कोठा नम्बर ७ मा रहेको दुर्गा नमूना माध्यमिक बिधालयका करिश्मा कुमारीको मोबाइलबाट प्रश्नपत्र आउट गरि सबै प्रश्नको उत्तर पठाउने गरेको पाईएको सहायक प्रजिअ भट्टराईले बताएका छन् ।
पक्राउ पर्नेमा निरीक्षक रन्जु कुमारी र सौरब यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिएका छन् ।
उक्त दुबै निरीक्षकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्यका लागी जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको उनले बताए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR