युट्युब भिडिओ हेरेर जब युवकले आफ्नै पेटको शल्यक्रिया गरे ;
- ७ चैत्र २०८१,शुक्रबार Updated
- / 237 Read
चैत ८। भारतमा एक युवकले युट्युबको ट्युटोरियल भिडिओ हेरेर आफैले आफ्नो पेटको शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ।
भारतको उत्तरप्रदेशस्थित मथुराका ३२ वर्षीय राजा बाबु नाम गरेका एक युवकले युट्युब भिडिओ हेरेर आफ्नो पेटको शल्यक्रिया आफै गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुखाइ बढ्दै गएको अवस्था र रोग पनि पत्ता नलागेपछि उनले युट्युबमा पेटको शल्यक्रियासम्बन्धी ट्युटोरियल भिडिओ हेरेर समस्या थाहा पाउन आफै शल्यक्रिया गरेर हेर्ने निष्कर्षमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।
इन्डिया टुडेका अनुसार वाणिज्यशास्त्रमा स्नातक गरेका ती युवक केही महिनायता पेटको समस्याबाट पीडित थिए।
अत्यधिक पेट दुख्ने समस्या भएपछि उनी डाक्टरलाई देखाउन पनि गएका थिए। तर उनको रोग नै पत्ता नलागेपछि घरमै आराम गरिरहेका थिए।
त्यसपछि उनले सर्जिकल ब्लेड, लठ्याउने सुई र टाँका लगाउने धागोलगायत आवश्यक सामग्रीहरू औषधी पसलबाट किनेर ल्याएका थिए।
ती सामानहरू किनेपछि बुधबार कोठाभित्र बसेर उनले युट्युब भिडिओमा सिकाएअनुसार गरी आफ्नै पेट काटेका थिए।
केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए। त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पुर्याएका थिए।
भारतीय अनलाइन पोर्टल द विकका अनुसार राजाबाबुले आफ्नो पेट सात इन्च काटेपछि टाँका लगाएका थिए। पेट काटेपछि के गरे भन्ने विषय चाहीँ नखुलेको विकले जनाएको छ।
केही बेरमा लठ्याउने औषधीले काम गर्न छाडेपछि अहस्य भएर उनी कोठाभित्रै चिच्याएका थिए। त्यसपछि घरमा रहेका परिवारका अन्य सदस्यले राजाबाबुलाई गम्भीर अवस्थामा जिल्ला अस्पताल पुर्याएका थिए।
अस्पतालले संक्रमण फैलिसकेको हुनसक्ने बताएर प्राथमिक उपचारपश्चात एसएन मेडिकल कलेज आग्रा रेफर गरेको थियो।
डाक्टरहरूले आफैले पेट काट्नुको कारण सोध्दा उनले धेरै डाक्टरहरूलाई देखाउँदा पनि उपचार नभएको र दुखाई बढ्दै गएपछि आफैले पेट काटेर हेरेको बताएका छन्।
बिरामीले आफ्नो पेट आफै काटेको घटना सुनेपछि डाक्टरहरू चकित भएको भनेर भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मेडिकल कलेजमा अहिले उनको उपचार भइरहेको छ। उनको स्वास्थ्यमा पनि सुधार भइरहेको डाक्टरहरूलाई उद्धृत गर्दै द विकले लेखेको छ।
उपचारपछि उनी अहिले सामान्य बोल्न सक्ने भएका छन्।
इन्डिया टुडेका अनुसार १८ वर्षअघि राजाबाबुका एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR