११ श्रावण २०८३,सोमबार

आशुको हत्यारा पक्राउको माग गर्दै ;

  • १२ चैत्र २०८१,बुधबार Updated
  • / 208 Read

आशुको हत्यारा पक्राउको माग गर्दै ;

जनकपुरधाम चैत १३। होलीको दिन छुरा प्रहार गरी हत्या भएको घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतक परिवार र स्थानीयले जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडानम्बर २३ स्थित बिन्दीमा स्थानीयहरूले चक्काजाम गर्दै प्रदर्शन गरिरहेका छन् । तीन घण्टादेखि त्यहाँ चक्काजाम छ ।

घटनालगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर, उनलाई छुरा दिने स्थानीय रामवरण महत्वका छोरा राकेश महतोलगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन्।

घटनाको दुई साता पुग्दासमेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्।

चैत २ गते होली खेल्दा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बितत्स हत्या गरेका थिए ।

छ महिनाअघि अर्चनाका श्रीमान् पप्पुको मृत्यु भएको थियो।  उनका एक्ला छोरा गुमेपछि अर्चना सहाराविहीन बनेकी छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार साँझ ५ बजेतिर धर्मेन्द्रले छाती, ढाड र पेटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो ।

आशुकी काकी संगीता यादवका अनुसार धर्मेन्द्रले घरबाट बोलाएर छुरा प्रहार गरी आशुको बिभत्स हत्या गरेका हुन् ।

धर्मेन्द्रलाई प्रहरीले छुरासहित तत्कालै पक्राउ गरिसकेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page