Flash News ::
एक युवकको हत्या ललितपुरको ओचु हाइटमा ;
Posted By -Rakesh Kumar Raut
- १३ चैत्र २०८१,बिहीबार Updated
- / 235 Read
काठमाडौं चैत १४ । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।
‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।
गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।
हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR