अदालतकाे आदेश : पाटन क्याम्पसमा स्ववियु निर्वाचन गर्न
- २४ चैत्र २०८१,सोमबार Updated
- / 235 Read
काठमाडौं चैत २५ । पाटन क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। अनेरास्ववियुका सभापतिका उम्मेदवार तिलकबहादुर कुमालले दायर गरेको रिटमा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरन्त श्रेष्ठको संयुक्त इजलाशले तत्काल निर्वाचन गर्न आदेश आदेश दिएको हो ।
चैत १६ को सूचना कार्यान्वयन नगर्न तथा तत्काल स्ववियु निर्वाचन गर्न आदेश दिएको हो । चैत ५ मा १०० मत खसेपछि विद्यार्थी संगठनहरूले निर्वाचन विथाेलेका थिए ।
त्रिविकाे निर्देशन अनुसार १५ दिनभित्र निर्वाचनसम्बन्धि प्रकृया अगाडि बढाएकाे देखिएकाे भन्दै यथासिघ्र गर्न भनेकाे हाे । उच्च अदालतले क्याम्पसको चैत १६ मा प्रकाशित निर्वाचन स्थगत सम्बन्धी सूचनामा निर्वाचत स्थगित गर्नुपर्नेसम्मको वस्तुनिष्ट आधार र कारण नखुलेको अदालतकाे आदेशमा उल्लेख छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR