कुकुरले डुलाएपछि : २ महिनादेखि हराएका व्यक्तिको टाउको
- २५ चैत्र २०८१,मंगलवार Updated
- / 265 Read
गुल्मी चैत २६ । गुल्मीदरबार गाउँपालिका–६ का रतन शाहीको कंकाल फेला परको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
सोमबार राति एउटा कुकुरले मान्छेको टाउको जस्तो देखिने वस्तु ल्याएर आएको थियो । त्यो देखेपछि वडासदस्य सुन्दर कुँवरले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार घरमा एक्लै बस्दै आएका ५५ वर्षीय सारु दुई महिना अघि नै हराएका थिए ।
रतनको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धानका लागि इन्सपेक्टर भुपेन्द्र थापाको कमाण्डमा प्रहरी परिचालन भएको छ ।
खबर पाएपछि मंगलबार बिहान स्थानीयसहित प्रहरी टोली खोज्न गएको थियो । खोजीका क्रममा प्रहरीले बिहान कालिका सामुदायिक जंगलमा शरीरका अन्य भागका अवशेष भेटाएको थियो । अवशेषसँगै भेटिएका कपडाका आधारमा उनी रतन शाही भएको ठहर प्रहरी र उनका आफन्तले गरेका हुन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR