राप्रपा सांसद सिहं : सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंका बनाउँछन्
- २५ चैत्र २०८१,मंगलवार Updated
- / 265 Read
काठमाडौं चैत २६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् ।
‘अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ,’ उनले भने, ‘राजा बाहेक अरु विकल्प हामीसँग छैन । देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन ।’
मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे ।
‘डा. धवलशमशेर राणा र रवीन्द्र मिश्र जो बेलायतमा पत्रकारिता गर्ने मान्छे उनी आज आतंक गर्ने मान्छे हुन ?,’ सिंहले भने, ‘यी विद्धान मान्छेलाई उग्र बनाएको तपाईंहरूले हो । निशर्त छाड्नुपर्छ ।’
पार्टीका दुई नेतालाई निशर्त नछाडे निकै महंगो मूल्य चुकाउनुपर्ने चेतावनी उनले दिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR