१२ श्रावण २०८३,मंगलवार

१२ जना पक्राउ : प्रतिबन्धित लागुऔषधसहित

  • २६ चैत्र २०८१,बुधबार Updated
  • / 343 Read

१२ जना पक्राउ : प्रतिबन्धित लागुऔषधसहित

नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य,  सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका स्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरी टोलीले  जिल्ला कैलाली धनगढी उपमहानगरपालिका  ६ बस्ने विवेक राना,  आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट ६६० मिलिग्राम लागु औषध  फेला परेपछि उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १९ का रोहित बोगटी र लोकेन्द्र खड्का  ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम लागु औषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

कैलालीकै टिकापुर नगरपालिका ९ खक्रौला  चेक पोष्ट नजिकबाट टिकापुर १ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page