११ श्रावण २०८३,सोमबार

बजेट : परामर्शमा प्रधानमन्त्री बोलाए सबै मन्त्री र सचिव,

  • २७ चैत्र २०८१,बिहीबार Updated
  • / 249 Read

बजेट : परामर्शमा प्रधानमन्त्री बोलाए सबै मन्त्री र सचिव,

काठमाडौं चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।

छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page