प्रधानमन्त्री : सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन,
- २७ चैत्र २०८१,बिहीबार Updated
- / 299 Read
काठमाडौं चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने जिकिर गरेका छन् ।
‘सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘…अहिलेको सरकार स्थिरता, सुशासनका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो । स्थिरता र स्थायीत्व भनेको जकडिएको स्थिरता र स्थायीत्व होइन । गतिशील स्थिरता र स्थायीत्व हो ।’
साथै, उनले छिनछिमा सरकार बदलिने, आफूभन्दा अघिल्लो सरकारले गरेका राम्रा कामहरूबारे उच्चारण नै गर्न नहुने लगायतका काम अब नहुने उनले बताए
नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
साथै, उनले सरकारले भ्रष्टाचार नयुनीकरण र अन्त्य गर्नमा सरकार लागिपरेको जिकिर गरे ।
‘देशमा भ्रष्टाचारको न्युनीकरण र अन्त्य, सुशासन, जनतालाई सेवा कसरी प्रवाह गर्न सकिन्छ भन्नेमा छौं,’ उनले भने, ‘हाम्रो देशको विकासको जिम्मा हामीले नै लिने हो । अरुले गर्दैन ।’
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR