१२ श्रावण २०८३,मंगलवार

चट्याङ लागेर एक जनाको मृत्यु : अर्घाखाँची

  • २७ चैत्र २०८१,बिहीबार Updated
  • / 332 Read

चट्याङ लागेर एक जनाको मृत्यु : अर्घाखाँची

अर्घाखाँची चैत २८ । अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  भूमिकास्थान नगरपालिका वार्ड नं. १० लिसेपानी बस्ने वर्ष ७२ वर्षीय यमबहादुर घर्तीको  चट्याङ लागेर मृत्यु भएको हो ।

घर्ती आफ्नै घरको दलानमा बसिरहेका बेला चट्याङ लागि बेहोस अवस्थामा फेला परेका थिए । चट्याङबाट बेहोस भएका घर्तीलाई अस्थायी धनचौर प्रहरी चौकीले उद्धार गरी जिल्ला अस्पताल पठाउँदा घर्तीलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगनाथ मरासिनीले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page