११ श्रावण २०८३,सोमबार

तीन जिल्ला : आगलागी घटना लाखौँको धनमाल जलेर नष्ट,

  • ३० चैत्र २०८१,आईतवार Updated
  • / 257 Read

तीन जिल्ला : आगलागी घटना लाखौँको धनमाल जलेर नष्ट,

काठमाडौं चैत ३१ । विभिन्न जिल्लामा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । रसुवा, दोलखा लगायतका जिल्लामा भएको आगलागीबाट धनमाल जलेर नष्ट भएको हो ।

उता महोत्तरीको मटिहानी नगरपालिका–८ बस्ने दिलिपशंकर साहको घरमा सोही ठाउँ बस्ने राजकुमार साहले सञ्चालन गरेको कपडा पसलमा विद्युत् सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रसुवाको नौकुण्ड गाउँपालिका–३ दुर्सा गाउँ बस्ने छेसाङ लामा घलेको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै दोलखाको कालिन्चोक गाउँपालिका–४ हिलेपानी गुमु बस्ने दुर्गा कार्कीको भान्सा कोठामा विद्युत् सर्ट भई शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नितु कार्कीको भान्सा कोठामा समेत आगलागी हुँदा दुवै जनाको गरी करिब १ लाख ३५ हजार

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page