११ श्रावण २०८३,सोमबार

बास्कोटा : राजतन्त्र भूत भइसक्यो भविष्य होइन

  • १ बैशाख २०८२,सोमबार Updated
  • / 239 Read

बास्कोटा : राजतन्त्र भूत भइसक्यो भविष्य होइन

काठमाडौं वैशाख १ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका हुन् ।

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बास्कोटाको भनाइ थियो ।

काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए ।

नेपाली प्रेसले पनि लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता र उसको भविष्यको सुनिश्चितता हुन्छ भन्ने कुरा गम्भीरतापूर्वक आत्मसाथ गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page