११ श्रावण २०८३,सोमबार

दुई जनाको मृत्यु : बारामा कार र टिपर ठोक्किँदा

  • ५ बैशाख २०८२,शुक्रबार Updated
  • / 223 Read

दुई जनाको मृत्यु : बारामा कार र टिपर ठोक्किँदा

बारा वैशाख ५ । बारामा आज दिउँसो कार र टिपर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । निजगढ –कलैया सडक खण्डमा कार र टिपर एकापसमा ठोक्किएर दुई जनाको मृत्यु भएको हाे ।

पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेशको ०१–०२५– ख ५०७८ं६ र पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेशको २–०३–००१– ख ०६०७ नम्बरको टिपर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाराकाे १३ किलो भन्ने ठाउँमा भएको दुर्घटनामा सर्लाही बरहथवा बस्ने हरिनारायण शर्मा मृत्यु र कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार कार चालकको नाम र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन ।

घटनाको बारेमा विस्तृत अध्ययन सुरु गरिएको बारा प्रहरीले बताएकाे छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page