११ श्रावण २०८३,सोमबार

आजको प्रदर्शन यस्तो छ शिक्षकहरूको ;

  • ७ बैशाख २०८२,आईतवार Updated
  • / 188 Read

आजको प्रदर्शन यस्तो छ शिक्षकहरूको ;

काठमाडौं वैशाख ७ । अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट बबरमहल-नयाँबानेश्वर सडक पुगेर प्रदर्शन गरिरहेका छन् ।

सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।

उनीहरुले १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । राप्रपाले पनि बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमै भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याएका छन् ।

शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा नयाँ भर्ना प्रभावित भएको छ । कक्षा १२ को परीक्षालाई समेत असर पर्ने सम्भावना छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page