११ श्रावण २०८३,सोमबार

युवक पक्राउ : टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने,

  • ८ बैशाख २०८२,सोमबार Updated
  • / 270 Read

युवक पक्राउ : टिकटकमा पेस्तोल देखाएर भिडियो बनाउने,

काठमाडौं वैशाख ८ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा उनलाई इलाका प्रहरी कार्यालय पकडीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई मायादेवी गाउँपालिका-१ पकडी स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page