१२ श्रावण २०८३,मंगलवार

दानव नदीमा बेपत्ता २ बालकको शव फेला ;

  • ९ बैशाख २०८२,मंगलवार Updated
  • / 191 Read

दानव नदीमा बेपत्ता २ बालकको शव फेला ;

काठमाडौं वैशाख ९ । लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव र १२ वर्षे मुनु हरीजनको शव फेला परेको हो । उनीहरु सोही ठाउँका हुन् ।

बालकको खोजीका लागि सोमबार राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

सोमबार बेपत्ता भएका उनीहरुको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो ।

सोमबार पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका थिए । बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव सोमबार नै फेला परेको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page