मौसमविदले दिए तातो हावा चल्नसक्ने चेतावनी देशभर बढ्न थाल्यो गर्मी,
- १० बैशाख २०८२,बुधबार Updated
- / 236 Read
काठमाडौं वैशाख १० । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो ।
तत्काल पानी पर्ने सम्भावना नरहेकाले ताता हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
मौसमविद रोजन लामिछानेले भने, ‘आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिन्छ ।’
गत २४ घण्टामा कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । बढी गर्मी हुने तराई मधेश लगायतका अन्य भूभागमा वर्षा भएको रेकर्ड छैन । आगामी दिन केही दिन पनि पानी पर्ने सम्भावना नरहेकाले गर्मी झनै बढ्ने पूर्वानुमान मौसमविदको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR