११ श्रावण २०८३,सोमबार

तीनकुने : घटना १३ जनालाई हाजिरी जमानीमा छाडियो,

  • १० बैशाख २०८२,बुधबार Updated
  • / 292 Read

तीनकुने : घटना १३ जनालाई हाजिरी जमानीमा छाडियो,

काठमाडौं वैशाख १० । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।

बयान लगायतको काम सकिएको हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको परिसरका एक अधिकृतले बताए ।

यद्यपी उनीहरुविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने बताइएको छ । मुद्दा दायर भएपछि उनीहरूलाई प्रहरीले सोझै अदालतमा उपस्थित हुनेगरी छाडेको हो । हिरासतमुक्त गरिएको सबै आपराधिक उपद्रवको कसुरको आरोपितहरू हुन् ।

योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने बताइएको छ ।

प्रहरीले अहिलेसम्म यो केशमा ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गरेको छ । जसमध्ये २१ जना हिरासतमुक्त रहेकाले अहिले परिसरको हिरासतमा रहनेको संख्या ६४ छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page