११ श्रावण २०८३,सोमबार

एक युवक पक्राउ : कैलालीमा बलात्कार आरोपमा,

  • ११ बैशाख २०८२,बिहीबार Updated
  • / 251 Read

एक युवक पक्राउ : कैलालीमा बलात्कार आरोपमा,

धनगढी वैशाख ११ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।

दमाइलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page