५० जनाको मृत्यु : गाजामा इजरायली आक्रमणमा,
- १२ बैशाख २०८२,शुक्रबार Updated
- / 249 Read
रफाह वैशाख १२ । बिहीबार गाजा पट्टीमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । यो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन् ।
जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर’ मा आक्रमण गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ ।इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ ।
उत्तरी गाजा शहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ ।
जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक सर्वसाधारणको घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बताएको थियो । आफूले रिपोर्टहरूको बारेमा अनुसन्धान गरिरहेको पनि आईडएिफले भनेको छ । यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR