प्रहरीकै पोल्ट्रीफार्मबाट पक्राउ : ससुराको हत्या गरी १५ वर्ष भारतमा लुके, हदम्याद सकिनैलाग्दा
- १४ बैशाख २०८२,आईतवार Updated
- / 166 Read
काठमाडौं वैशाख १४ । २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङको घर दाङ तुलसीपुरको बरुवागाउँ हो । उनले आपसी विवादमा २०६२ साउन १४ गते तुलसीपुरकै अश्वारा घर भएका ससुरा काशीराम विकको हत्या गरेर श्रीमतीसहित फरार भएका थिए ।
रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । यो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।
पछिल्लोपटक दाङ आएका उनी शुभलक्ष्मी पोल्ट्री फार्मको गाडी चलाउने गर्दथे । यहाँनेर रोचक के छ भने त्यो पोल्ट्री फार्म एकजना प्रहरी हबल्दारका बुवाको थियो । जब उनको पोल खुल्यो, अनि पक्राउ परे ।
उनले थपे, ‘हत्या भएको लामो समय भइसकेकाले सायद अब यो केस मिलिसक्यो, मलाई केही हुँदैन भन्ने लाग्यो होला उसलाई, तर अपराधी केही दिन भागे पनि प्रहरीले उम्किन दिँदैन भन्ने उदाहरण हो यो ।’
‘काशीराम विकको हत्याको यो केस पेण्डिङमा थियो,’ डीएसपी ठकुरीले भने, ‘कर्तव्य ज्यान मुद्दाको २० वर्षे हदम्याद साउनमा सकिँदै थियो । तर हत्यामा संलग्न बीरबहादुरलाई पक्राउ गर्न हामी सफल भएका छौं ।’
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR