११ श्रावण २०८३,सोमबार

थुनुवा महिला भारतमा पक्राउ : कैलालीबाट हतकडीसहित भागेकी २ जना प्रहरी निलम्बन

  • १५ बैशाख २०८२,सोमबार Updated
  • / 236 Read

थुनुवा महिला भारतमा पक्राउ : कैलालीबाट हतकडीसहित भागेकी २ जना प्रहरी निलम्बन

धनगढी वैशाख १५ । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी  दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लगेका बेला भागेकी थिइन् ।

हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । उनकाअनुसार दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो ।

दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page