१२ श्रावण २०८३,मंगलवार

६ जना घाइते : डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • १७ बैशाख २०८२,बुधबार Updated
  • / 235 Read

६ जना घाइते : डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दिपायल (डोटी) वैशाख १७। धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-२ मेलखोला स्थित भीमदत्त राजमार्गमा मंगलबार राति दुरंघटना भएको हो ।

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थहुन् ।

घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page