११ श्रावण २०८३,सोमबार

आजै थप आन्दोलन घोषणा गर्ने : शिक्षक–कर्मचारी

  • १८ बैशाख २०८२,बिहीबार Updated
  • / 277 Read

आजै थप आन्दोलन घोषणा गर्ने : शिक्षक–कर्मचारी

काठमाडौं वैशाख १८ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ उनले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्‍यो । यसमा हाम्रो विमत्ति छ ।’

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले  जानकारी दिए ।

सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । उक्त विरोधपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रहरीसँगको समन्वयमा रत्नराज्यबाट बाहिरिएका थिए ।

लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएको हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page