११ श्रावण २०८३,सोमबार

नेपाली युवाको बलिदानपछि सिरहाको गोलबजारमा पाकिस्तानप्रति आक्रोश, 'मित्रता पार्क' योजना विवादमा

  • १९ बैशाख २०८२,शुक्रबार Updated
  • / 208 Read

नेपाली युवाको बलिदानपछि सिरहाको गोलबजारमा पाकिस्तानप्रति आक्रोश, 'मित्रता पार्क' योजना विवादमा

सिरहा, वैशाख १८ । भारतको पहलगाममा भएको जघन्य आतंकवादी हमलामा नेपाली युवा सुदीप नेयौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा आक्रोशको ज्वालामुखी विस्फोट भएको छ। पाकिस्तानप्रति विरोधको स्वर उचाल्दै धर्मराज हिन्दु सेनाले प्रदर्शन आयोजना गरेपछि गोलबजार तनावपूर्ण बनेको थियो।

बुधबार आयोजित विरोध प्रदर्शनमा ५०० भन्दा धेरै स्थानीयको उपस्थिति रहेको थियो। प्रदर्शनको अगुवाइ कृष्ण गुंरागाईं (हनि सिंह) ले गर्दै पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएर आक्रोश पोखिएको थियो। 'आतंकको आडमा मित्रता स्वीकार्य छैन,' भन्दै प्रदर्शनकारीहरूले पाकिस्तानसँगको सम्बन्धविरोधी नारासमेत लगाए।

प्रदर्शनमा अर्को विवादास्पद एजेन्डाले पनि ज्वाला थप्यो— नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजना। स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरे। प्रदर्शनकारीहरूको भनाइ थियो, “जहाँ पाकिस्तानबाट आतंक फैलिन्छ, त्यहाँ मित्रता होइन, प्रतिकार चाहिन्छ।”

रिपोर्टहरू अनुसार पहलगाममा पाकिस्तानले प्रायोजित गरेको हमलामा २८ जना निर्दोष पर्यटकको ज्यान गएको थियो। तीमध्ये सुदीप नेयौपाने नामक नेपाली युवाको मृत्युले देशभरि समवेदना र आक्रोशको लहर उठाएको छ।

मिर्चैयाको सडकमा देखिएको आक्रोशले केवल एक घटनाको विरोध मात्र होइन, राष्ट्रको परराष्ट्र नीति र आन्तरिक निर्णयमाथि समेत पुनर्विचारको माग उठाएको छ। अब प्रश्न स्पष्ट छ— के नेपाल आतंकको साझेदारसँग मित्रता गढ्न तयार छ?

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page