११ श्रावण २०८३,सोमबार

३ जना घाइते : ललितपुरमा भयानक कार दुर्घटना, बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो,

  • २२ बैशाख २०८२,सोमबार Updated
  • / 268 Read

३ जना घाइते : ललितपुरमा भयानक कार दुर्घटना, बिजुलीको पोल भाँचिएर सडकमा पुग्यो,

काठमाडौं वैशाख २२ । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएर बीएण्डबी अस्पताल पठाइएको छ ।

पूर्व ट्राफिक प्रहरीसमेत रहेका ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले अनलाइनखबरसँग भने, ‘मैले गाडी ठोक्किएर पोल ढलेको, बांगो भएको त देखेको छु तर सडक किनारमा गाडिएको पोल भाँचिएर बीच सडकमा पुगेको चाहिँ देखेको थिइनँ ।’

११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।

ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।

ललितपुर प्रहरीका अनुसार गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।

प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page