Flash News ::
एक युवकको मृत्यु : दैलेखमा करेन्ट लागेर
Posted By -Rakesh Kumar Raut
- २२ बैशाख २०८२,सोमबार Updated
- / 249 Read
सुर्खेत वैशाख २२ । विद्युत् प्राधिकरणको चरम लापरबाहीकै कारण युवकको ज्यान गएको भन्दै परिवारले क्षतिपूर्तिको माग गरिरहेका छन् । प्रहरी टोली त्यहाँ पुगेर अहिले समन्वय गरिरहेको सूचना अधिकारी सुनारले बताए ।
उनका अनुसार आइतबार बेलुका ५ः५० बजेतिर उक्त घटना घटेको हो । ‘उहाँ घाँस काट्न भनेर रुखमा चढ्नु भएको रहेछ,’ उनले भने, ‘विद्युत् तारले पनि रुख छोएको रहेछ । पानी परेकाले करेन्ट लाग्न पुग्यो ।’
पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR