Flash News ::
मोटरसाइकल चालकको मृत्यु : स्करपियोको ठक्करबाट
Posted By -Rakesh Kumar Raut
- २२ बैशाख २०८२,सोमबार Updated
- / 251 Read
धनगढी वैशाख २२ । कैलालीको भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्करपियोले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।
गम्भीर घाइते भएका धोवीलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।
भारतीय नम्बर प्लेट युपी ३१ एयु ७३२० भएको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके कोहलपुर नगरपालिका–२ निवासी ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्करपियोले ठक्कर दिएको हो।
घटनापछि स्करपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR