Flash News ::
एक जना पक्राउ : रौतहटमा भन्सार छलीका सामानसहित
Posted By -Rakesh Kumar Raut
- २३ बैशाख २०८२,मंगलवार Updated
- / 236 Read
गौर वैशाख २३ । पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बस्ने ३७ वर्षीय राकेश पासवान छन् ।
रौतहट प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्राइएका सामान बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
वैशाख २१ गते राति ११ बजे खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं. ४ लालबकैया नदी किनारबाट दुई लाख ३३ हजार एक सय रुपैयाँ बराबरका कपडासहित उनलाई नियन्त्रणमा लिएको हो ।
बरामद मोटरसाइकल र लत्ताकपडासहित पासवानलाई गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकल समेत बरामद गरेको प्रहरीको भनाइ छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR